कोभिडविरुद्ध ऋषिङको तयारी: २० बेडको आइसोलेसन तयार हुँदै, चिकित्सक नियुक्त गरिँदै

  • ख-
  • ख+

ऋषिङ :  कोभिड संक्रमित बिरामीको उपचारका लागि भन्दै ऋषिङ गाउँपालिकाले २० बेडको आइसोलेसन तयार पार्दैछ ।
जिल्लाभर संक्रमण बढेको र अस्पतालमा चाप बढेको बेला गाउँपालिकाले तत्काल दुई स्वास्थ्य एकाइमा  १० बेडको आइसोलेसन तयार गरेको हो ।
चाँडै अरु १० आइसोलेसन बनाउने तयारी गाउँपालिकाको छ ।

अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा शनिबार भएको छलफलमा सबै पक्षलाई सतर्क रहन आग्रह गरेको छ ।
गाउँपालिकाले तत्कालका लागि भिर्कोट स्वास्थ्य चौकिमा ५ बेडको आईसोलेसन तयार पारेको छ । थप १० बेडको आईसोलेसन थप गरिँदै र आवश्यक भएमा थप गर्न सकिने  गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
तत्कालको लागि ऋषिङ्ग रानिपोखरी स्वास्थ्य चौकिमा ५ बेडको आईसोलेसन तयार भएको छ ।
गाउँपालिकाले गाउँपालिकाभित्रका ३२ जना स्वास्थ्यकर्मी सँगै ४६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गर्ने पनि निर्णय गरेको छ ।
चिकित्सक नियुक्तिको तयारी
कोभिड बिरुद्ध आईसोलेसनको लागि एक डाक्टर र ल्याब टेक्निसियनको नियुक्तिको अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकामा हाल संक्रमणको  अवस्था गम्भीर नभएता पनि छिमेकी स्थानिय तहहरुमा देखिएको जोखिमका कारण सतर्क हुनपर्ने अवस्था आएको हुँदा जोखिम न्युनिकरणको लागि सबैपक्षले सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाभित्र रहेका सबै पक्ष सचेत रहनको लागि आग्रह गर्दै गाउँपालिकाको सबै जनप्रतिनिधी,कर्मचारी , शिक्षक तथा सम्बद्ध पक्षलाई उच्च सतर्कता अपनाउन सुचित गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्