तनहुँ उद्योग वाणिज्य संघको कोभिड कोषमा दूई दिनमै पाँच लाख नाध्यो

  • ख-
  • ख+

दमौली: आह्वान गरेको छोटो समयमै तनहुँ उद्योग वाणिज्य संघको कोभिड  संकटसँग जुध्न स्थापित कोषमा संकलित सहयोग रकम पाँच लाख नाघेको छ ।


संघले संकटका बेला खटिएका अत्यावश्यक सेवाका जनशक्ति तथा आइसोलेशन आदिमा आवश्यक सामग्रीका। लागि भन्दै आफ्नो तीन लाख पाँच हजार रुपैयाँको कोष स्थापना गरेको थियो ।

पहिलो दिन देखी नै दाताहरुले सहयोग गर्न थालेको र दोश्रो दिनसम्म संकलित सहयोग रकमले उत्साही बनाएको  संघका अध्यक्ष अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


‘ दमौली सँगै देश विदेशमा रहेका तनहुँबासीबाट सहयोगको प्रतिवद्धता आएको छ,’ दमौली न्युज संग उनले भने । सङ्घको दमौली बजार एकाईले  कोषमा ५५ हजार रुपैयाँ सहयोग गरेको सभापति भूपाल आलेले जानकारीी दििए।

कोषबाट महाविपत्तिमा घडीमा अहोरात्र खटिएका स्वास्थ्यकर्मिहरु,सुरक्षाकर्मिहरु,स्थानीय जनप्रतिनिधिहरु,निजामती कर्मचारीहरु, स्वयंसेविहरु लगायतलाई सहयोग गरिने उनले बताए ।
संघले रकम सामुहिक आइशोलेसन कक्ष निर्माण तथा आवश्यक स्वास्थ्य सामग्रीहरु व्यवस्थाका लागि भन्दै
यसमा सघाउन उद्योगी व्यवसायी तथा देश र विदेशमा रहेका शुभेच्छुकलाई सहकार्य गर्न अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी