तनहुँ निषेधाज्ञा १५ दिन थप

  • ख-
  • ख+

दमौली: पूर्व अनुमान अनुसार नै तनहुँमा दुई साता निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन प्रशासन कार्यालय तनहुँमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जोखिम झन्झन् बढ्दै गएको र संक्रमण फैलने सम्भावना रहेको भन्दै भोलिबाट थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

प्रशासनले यसै आधारमा जेष्ठ १ राती १२ भए देखि १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । दमौली न्यूजले हिजो नै सुरक्षा श्रोतको हावाला दिंदै दुई सातासम्म निषेधाज्ञा थप हुने समाचार प्रकाशन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी