
दमौली: दमौलीका मुस्लिम समुदायले सामाजिक दूरीसहित ईदुल फित्र मनाएका छन्। एक महिना लामो रोजा उपवास तोड्दै आजको पहिलो नमाज पढेर पर्व मनाइएको दमौली मुस्लिम समाजका सचिव मनसुर अहमदले बताए ।
निषेधाज्ञा रहेकाले सानो संख्यामा व्यास ४ मा रहेको नूरी हनफि जामे मस्जिदमा सामाजिक दूरी र प्रशासनको मापदण्ड अनुसार प्रार्थना गरिएको उनले जानकारी दिए ।
अरु बेला यस दिनको प्रार्थनामा समुदायका सदस्यको बाक्लो उपस्थिति रहने गरेको थियो । व्यास २, ४, ७ तथा ८ मा मुस्लिम समुदायको बढी बसोबास छ ।