युवा रोजगारीका लागि नीति फाउन्डेसनको सक्रियता

  • ख-
  • ख+


दमौली: नीति फाउन्डेसनको आयोजनामा युवाहरुको शिक्षा र रोजगारलाई लक्षित गरि जुम अन्तर्क्रिया भएको छ । कार्यक्रममा आदिकवि आइटी क्लबले सहभागिता जनाएको छ । करिब ५० जनाको उपस्थिति रहेको कार्यक्रममा मोहनदास मानन्धरले कार्यक्रमको सहजिकरण गरेका थिए ।

कार्यक्रममा युवाहरुको आफ्नो शिक्षा र हालको रोजगारीको छनौट, शिक्षा र रोजगारी प्रतिको सन्तुष्टि तथा आफूले ईच्छा गरेको क्षेत्रमा काम गर्न कस्तो सिप, शिक्षा र तालिमको आवश्यकता पर्छ र शिक्षा, तालिममा आएको बाधा अबरोधहरुको विषयमा छलफल भएको आयोजकले जनाएको छ । विभिन्नि जिल्लाका प्राविधिक शिक्षक, विशेष गरि कृषि, ईञ्जिनियरिङ, सिभिल, आई.टि, स्वास्थ्य क्षेत्रमा अध्ययनर विद्याथीहरुको प्रत्यक्ष संगलता देखिएको थियो। सबै क्षेत्रका विद्याथीहरुले आफनो विषय, क्षेत्रमा भएका सम्भावना र कमजोरी केलाएका थिए ।

कार्यक्रममा सहभागी आदिकवि आइटी क्लबका अध्यक्ष श्रेष्ठले आफुले पढेका विषयको परिचय, उपलब्धी र रोजगारको अवसरबारे बोले । उनले वि.आई.सि.टिको पाठ्यक्रम, यस प्रतिको लगाबको साथ साथै यस कोर्षमा नीतिहरु कार्यन्वयन गने र कोर्षमा गरेको ढिलाइसुस्ताईको बारेमा त्रि.विले गर्नु पर्ने सुधारको विषय पनि उठाएका थिए । साथै क्लबका सचिव मगरले विद्यार्थीहरुले अन्य आई टि सम्बन्धि सिप सिक्नका विभिन्न नीतिहरु बन्नु पर्ने बताए ।

सम्पुर्ण सहभागीले अध्ययन गर्ने विषयको संभावना र चुनौतीबारे छलफल गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी