
दमौलीः केही समययता अत्यावश्यक वस्तुको मूल्य बढी लिइएको र कतिपय ठाउँमा अभाव श्रृजना भएको आलोचनाकाबीच तनहुँका व्यापारीको छाता संगठनले भने अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।
संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठद्वारा जारी अपिलमा संकटको घडीमा संघ अत्यावश्यक सामाग्रीहरूको सहज तथा सुलभ बिक्री वितरण र बजार व्यवस्थापन प्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको उल्लेख छ ।
अपिलमा संघमा आवद्ध सम्पूर्ण उद्योगी, व्यवसायीहरूबाट अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्री वितरणमा सकारात्मक भूमिका निर्वाह भएको भनिएको छ।
यसैगरी, संघले तनहुँको सम्पूर्ण व्यवसाय जगत यस महामारी निराकरणका लागि हर तरहले सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाउँदै रचनात्मक सुझावका लागि अपिल गरिएको छ ।