केशवटारका गायक भुवनसिंको ‘रमाइ रमाइ लान्थें’

  • ख-
  • ख+

दमौलीः गायक एवं युट्युबर भुवन सिं थापाले ‘रमाइ रमाइ लान्थें’ शिर्षकको कौह्रा गीत र यसको भिडिओ हालसालै उनकै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।

खासगरी मगर समुदायको संस्कृति र संगीतको मौलिक र अभिन्न अंग मानिने कौह्रा गीत र नाचको सांस्कृतिक पक्षलाई थापाले सर्लक्कै उतारेका छन् । व्यास नगरपालिका वडा नं १४ केशवटारका स्थायी बासिन्दा गायक थापाले यो गीतको छायांकन त्यही वडाको ठीनमा नै गरेका थिए ।

कौह्रा नेपालका मगर जातिको मौलिक संस्कृति भएकाले यो नेपालको महत्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ । मगरहरुको जनसंख्या समग्रमा ९२ प्रतिशतभन्दा बढी रहेको व्यास नगरपालिकाको वडा नं १४ लाई मगर संस्कृति र भाषाको जीवन्त संग्रहालय नै मान्न सकिन्छ ।

गीत रेकर्डिङका क्रममा बाँसुरी बाहेक खैंजडी, झर्रा ं लगायतका कौह्रा गीतमै प्रयोग हुने बाजा र उपकरण प्रयोग गरिएको गायक थापाले बताए । अर्का गायक समेत रहेका रेशम आलेले लेखेको गीतको लय सृजना, भिडिओ निर्देशन र सम्पादन समेत भुवन सिं थापाले नै गरेका हुन् ।

गीतको छायांकन फल थापा मगर र विशाल थापा मगरले गरेका छन् । यो गीतले मगर संस्कृतिको प्रबद्धन हुनुका साथै साविकको केशवटार गाविस वरपर रहेका केशवटार लगायत ठीन, नयाँगाउँ, हर्कपुर, रुम्सी, कुलुङ र छाब्दी बाराहीको समेत पर्यटनमा टेवा पु¥याउने लक्ष्य आफूले राखेको गायक भुवन बताउँछन् ।

भुवन सिं थापाले उनको युट्युब च्यानलमार्फत केशवटार र यसको वरिपरिका क्षेत्रहरुको प्राकृतिक सौन्दर्य, जीवनशैली र संस्कृति पस्किँदै आएका छन् ।

गीतमा व्यास नगरपालिका १४ को सोंधेर, हर्कपुर र ठिन गाउँका युवतीहरु प्रविना आले, लक्ष्मी थापा मगर, सजिता थापा मगर, तृसना थापा मगर, सोनाली थापा मगर, लक्ष्मी थापा मगर, कोपिला थापा मगर, सुमिना थापा मगर, आसा थापा मगर, मन्जु थापा मगर, आस्मा थापा मगर, सपना थापा मगर, रिता आले मगर, रचिता राना मगर, अनिसा थापा मगर, सुजिता थापा मगर, बिन्दु आले मगरले गीतको भिडिओमा मौलिक नृत्य गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी