कृषि विकास बैंकको आईसोलेसनका लागि व्यासद्वारा एमबिबिएस डाक्टर नियुक्त

  • ख-
  • ख+

दमौलीः आफूले सञ्चालनमा ल्याएको व्यास–०२ स्थित कृषि विकास बैंकको आईसोलेसनका लागि भन्दै व्यास नगरपालिकाले एक एमबिबिएस चिकित्सक नियुक्त गरेको छ ।


आईसोलेसनका लागि नयाँ नियुक्त गरिएका डाक्टर र व्यास न.पा अन्तरगतका १४ वटै वडाका कोभिड–१९ का सम्पर्क व्यक्तिहरुसंग नगरपालिकाले विहिबार एक अन्तरक्रिया समेत गरेको छ । अन्र्तक्रियामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले चिकित्सक एवं फोकल पर्सनहरुलाई निर्धक्क भएर कोभिड–१९ का संक्रमितको सेवामा आत्मबलका साथ जुट्दै आ–आफ्नो कार्य क्षेत्रमा भुमिका निर्वाह गर्न आग्रह गरेको जनाइएको छ ।


दैनिक समीक्षा
नगरपालिकाले हरेक दिन विहान कोभिड रोकथामका कार्यबारे जानकारी लिन नियमित समीक्षा गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
समीक्षाका क्रममा नवनियुक्त चिकित्सकबारे जानकारी दिएका थिए ।

समीक्षाका क्रममा कोभिड–१९ का बिरुद्ध सञ्चालन गरिएका कार्यक्रमहरु, त्यसको प्रभावकारिता, नगरबासीहरुबाट आएको गुनासोलाई कार्यान्वयन गर्न चाल्नुपर्ने कदम लगाएतका विषयमा छलफल गर्ने गरिएको प्रमुख न्यौपानेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी