
दमौलीः जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरीले बिहिबार जिल्लाभरका ग्यारेज तथा सवारी मर्मत केन्द्रबाट १० बढी अक्सिजन सिलिण्डर संकलन गरेका छन् । ट्राफिक प्रमुख ले जिल्लाभर ट्राफिक प्रहरीले सिलिण्डर संकलन गरेको बताए ।
तनहुँ प्रशासनको आदेशमा सुरक्षा निकायले पछिल्लो समय अस्पतालका बिरामीको प्रयोजनका लागि पछि फिर्ता गर्ने शर्तमा यस्ता शिलिण्डर संकलन गरिरहेको छ ।
हालसम्म तनहुँभर एक सय बढी यस्ता सिलिण्डर संकलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । ‘थाहा भएसम्म ठाउँबाट संकलन गर्न निर्देशन दिएका छौं,’ उनले भने,‘एक सय बढीमा सिलिण्डर संकलन भएको छ ।’