
दमौली : कोरोना संक्रमणबाट तनहुँको व्यास नगरपालिका वडा नं १का एक पुरुषको निधन भएको छ । अन्दाजी ४० वर्षीय पुरुषको संक्रमणबाट बिहिबार बिहान उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा निधन भएको हो । विगत केही दिन यता भेन्टिलेटरमा उपचाररत रहेका उनको बिहिबार मृत्यु भएको पारिवारिक श्रोत जनाएको छ ।