छोटो समयमै तनहुँ उद्योग वाणिज्य संघको कोभिड राहत कोषमा सहयोगको उत्साह

  • ख-
  • ख+

दमौलीआह्वान गरेको छोटो समयमै तनहुँ उद्योग वाणिज्य संघको कोभिड संकटसँग जुध्न स्थापित कोषमा उत्साहजनक सहयोग आउन शुरू भएको छ ।

संघले भन्दै तीन लाख पाँच हजार रुपैयाँको कोष स्थापना गरेको दिन देखी नै दाताहरुले सहयोग गर्न थाले पछि संघ उत्साही भएको छ ।

कोषमा ब्यासनगर पालिका वार्ड नम्बर ३ निबासी सुमन पुस्तक पसलका संचालक सुमन भट्टराईबाट रु १०५००/कोषाध्यक्ष एवम् व्यास २ निवासी डि एन्ड डि सप्लायर्स तथा पासल सप्लायर्सका संचालक दिनेशकुमार श्रेष्ठ बाट रु १०७२६/ मल्ल गिफ्ट हाउसका प्रोपाइटर ब्यास ३ निवासी बानेश्वर मल्लबाट रु १०१०१/ तथा बेबिल्यान्ड(Babyland)हजुरको बच्चा पसलका संचालक, बिरु बस्याल बाट रु ५५५५/ सहयोग प्राप्त भएको अध्यक्ष पाविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

‘ छोटो समयमै देश विदेशबाट सहयोगको प्रतिवद्धता आएको छ,’ दमौली न्युज संग उनले भने । सङ्घको दमौली बजार एकाई सभापति भूपाल आलेले पनि सहयोग उल्लेख्य हुने अपेक्षा गरेको बताए ।


कोषबाट महाविपत्तिमा घडीमा अहोरात्र खटिएका स्वास्थ्यकर्मिहरु,सुरक्षाकर्मिहरु,स्थानीय जनप्रतिनिधिहरु,निजामती कर्मचारीहरु, स्वयंसेविहरु लगायतलाई सहयोग गरिने उनले बताए

।संघले रकम सामुहिक आइशोलेसन कक्ष निर्माण तथा आवश्यक स्वास्थ्य सामग्रीहरु व्यवस्थाका लागि भन्दै यसमा सघाउन उद्योगी व्यवसायी तथा देश र विदेशमा रहेका शुभेच्छुकलाई सहकार्य गर्न अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी