
काठमाडौं : नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिएको हो ।
यसअघि समानान्तर गतिविधि गरेको भन्दै एमालेले चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।
यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिएकी छन्।