कोभिड संकटसँग जुध्न तनहुँ उद्योग वाणिज्य संघद्वारा तीन लाखको कोष घोषणा

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघले कोभिड संकटसँग जुध्न भन्दै तीन लाख पाँच हजार रुपैयाँको कोष स्थापना गरेको छ ।
संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्ला कार्यसमिति,विभिन्न बजार इकाई समितिहरु, महिला उधमि बिकास समितिको संयुक्त प्रयासमा खडा गरिएको कोषबाट

कोभिडको संकटमा खटिएका व्यक्तिलाई आवश्यक सुरक्षाका सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।
कोषबाट महाविपत्तिमा घडीमा अहोरात्र खटिएका स्वास्थ्यकर्मिहरु,सुरक्षाकर्मिहरु,स्थानीय जनप्रतिनिधिहरु,निजामती कर्मचारीहरु, स्वयंसेविहरु लगायतलाई सहयोग गरिने उनले बताए ।
संघले रकम सामुहिक आइशोलेसन कक्ष निर्माण तथा आवश्यक स्वास्थ्य सामग्रीहरु व्यवस्थाका लागि भन्दै
यसमा सघाउन उद्योगी व्यवसायी तथा देश र विदेशमा रहेका शुभेच्छुकलाई सहकार्य गर्न अनुरोध गरेको छ ।

संघको महाअभियानका लागि सहयोग गर्न  इच्छुक ब्यक्ति, संघसस्थाहरु बाट सहयोग उपलब्ध गर्नका लागि निम्नानुसारको मोबाइल नम्बरमा सम्पर्कका लागि अध्यक्ष श्रेष्ठको 9856060524, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठको 9856060726 तथा भुपाल आलेको   9856027319 मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी