
दमौली: कोरोनाको उपचार र नियन्त्रण्का नाममा सरकार भ्रष्टचारमा लिप्त भएको ठहर नेपाली कांग्रेस व्यास नगर समितिले गरेको छ । नेपाली कांग्रेस व्यास नगर समितिका प्रवक्ता डम्बर अधिकारीले आज एक विज्ञप्ती जारी सो ठहर गरेका हुन । प्रवक्ता अधिकारीद्धारा जारी विज्ञप्तीमा राजधानी लगायत देशका विभिन्न भागमा अक्सिजनको चरम अभाव हुँदा बिरामीहरुले ज्यान गुमाउनु परि रहेको भन्दै सरकारको कडा आलोचना गरिएको छ । साथै विज्ञप्तीमा कोरोनाका बिरामीहरुको सहज रुपमा उपचार र अक्सिजनको व्यवस्था मिलाउन समेत माग गरिएको छ । त्यस्तै विज्ञप्तीमा तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पताल ,जिल्लाका अन्य अस्पताल र स्वास्थ्य केन्द्रहरुमा सहज रुपमा उपचारको व्यवस्था गर्न समेत जोडदार माग गरिएको छ । विज्ञप्तीमा आम सर्वसाधारणलाई सर्तकता अपनाउन समेत अपिल गरिएको छ ।