
दमौली: आफन्तले उपचार अभावमा ज्यान गएको भनेर दावी गरेको भानुका कोरोना संक्रमितको ज्यान गएको प्रकरणमा प्रष्टिकरण दिँदै दमौली अस्पतालले उपचार गरेको जिकिर गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जारी गरेकाे विज्ञप्तिमा संक्रमितको उपचार गरेर पठाएकामा पर्सिपल्ट फेरि आए पछि तत्काल एम्बुलेन्समा नै उपचार गरेको दावी गरिएको छ ।

आफन्तले भने चार घण्टा एम्बुलेन्समा बस्नु परेको दावी गरेका थिए । अध्यक्ष अधिकारीले संक्रमितको उपचारका लागि आवश्यक सामग्री मौज्दात रहेको भनिएको छ ।
