
दमौली: एका विहानै निषेधाज्ञा तोडेको भन्दै तनहुँ प्रहरीले ४२ मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
दमौलीस्थित मुख्य पृथ्वी राजमार्ग चोकमा खटिएका प्रहरीले ‘ अनावश्यक रुपमा हिँडडुल गरेको ‘ भन्दै ती मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रशासनले निषेधाज्ञा जारी गरेयता यस्ता साधनलाई दिनभर नियन्त्रणमा लिएर जरिवाना तिराउँदै छाडिएको प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले बताए ।