
दमौलीः निषेधाज्ञाका क्रममा पासबिना गुडेका ४७ सवारीसाधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता युवराज तिमल्सेनाका अनुसार मंगलबार विहानदेखि साँझसम्म पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । यसरी नियन्त्रणमा लिइएकामा मोटरसाईकलको संख्या अधिक छ ।
प्रहरीले उनीहरुलाई दिनभर नियन्त्रणमा लिएर संक्रामक रोग निवारण ऐनअनुसार एक सय रुपैयाँ जरिवानापश्चात मात्र छाड्ने डिएसपी तिमल्सेनाले बताए ।
सोमबारको तुलनामा मंगलबार दमौली बजार तथा पृथ्वी राजमार्गमा गुड्ने सवारीको साधनमा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ ।