भानु संक्रमित मृत्यु प्रकरणः जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बैठकमा कसले के भने ?

  • ख-
  • ख+

दमौलीः बढ्दै गएको कोभिड संक्रमणपछि जिल्ला संकट व्यवस्थापन केन्द्र(डिसीएमसी)मा भावी रणनीतिका विषयमा लामो छलफल भएको छ ।

दिनभरजसो चलेको बैठकमा दमौली अस्पतालमा परिवारको दाबी अनुसार उपचार नपाएर ज्यान गुमाएका भानुका संक्रमितको घटनामा दमौली अस्पतालको भूमिकाबारे जनप्रतिनिधिहरुले प्रश्न उठाएका थिए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले घटनाको यथार्थ आउनुपर्ने र सोही आधारमा भावी दिनमा छानबिन समिति बनाउने विषय अघि बढ्ने बताए । ‘घटनाको बारेमा पहिले अस्पतालको आधिकारिक धारणा आउनुपर्ने भन्यौं,’ उनले दमौली न्युजसँग भने,‘चित्त बुझ्दो जवाफ आउने नआउने आधारमा थप कदम चालिनेछ ।’


बैठकमा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले उपचार नपाएर एक नागरिकको ज्यान गएको विषय गम्भीर भएको भन्दै यथार्थ विषय आउनुपर्ने बताएका थिए ।


बैठकमा सहभागी तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले यदि बाहिर भनिएजस्तो बिरामीको उपचार नहुने हो भने पहिले देखाइएको तयारी किन भन्दै प्रश्न गरेको बताए ।
सहभागीले अस्पतालको भूमिकाबारे प्रश्न उठाए पछि दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल पौडेलले आफूले सकेको सेवा दिएको तर बिरामीको अवस्था जटिल भएकाले पोखरा रिफर गरेको बताएका थिए ।


बैठकमा अस्पतालका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने र त्यसपछि आवश्यकताका आधारमा अघि बढ्ने सहमति भएको जिल्ला समन्वय प्रमुख वाग्लेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी