दमौलीमा संचार माध्यम लाई प्रतिबन्ध लगाएको प्रती महासंघको आपत्ति

  • ख-
  • ख+

पोखरा : नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले तनहुँको दमौलीबाट प्रकाशन हुने दमौली न्युज डटकम लाई प्रकाशनमा रोक लगाएको प्रती आपत्ती प्रकट गरेको छ । सो अनलाइनले दमौली अस्पतालमा भएको लापरबाही बारे समाचार प्रकाशन गरेको थियो ।

” समाचारका बारेमा चित्त नबुझे कानुनी उपचारमा जाने बाटो हुँदाहुदै अनलाईन नै रोक्नु प्रेस स्वतन्त्रता को हनन हो ।
हामी दोषी माथि छानबिन गरि हदै सम्मको कारबाही को माग गर्दछौ ।” महासंघका अध्यक्ष नारायणप्रसाद शर्माद्वारा मङलबार जारी बिज्ञप्तीमा भनिएको छ ।


महासंघले प्रेस स्वतन्त्रता बिरोधी कुनै पनि क्रियाकलाप आफुहरुलाई मान्य नहुने भन्दै दमौली घटनाको छानबिनको माग गरेको छ ।
“प्रेसलाई संकुचित गर्ने र नियन्त्रण गर्ने कुरा मान्य हुदैन ,तनहुँको घटनाको न्यायायोचित छानबिन होस् । हामी स्वतन्त्र प्रेसको पक्षमा छौं । ” शर्माले भने ।
पछिल्लो समय प्रेस स्वतन्त्रता बिरुद्दको घटना बढेको भन्दै शर्माले स्वतन्त्र प्रेस का लागि महासंघ आन्दोलनमा उत्रने बताए ।
उनले दमौली न्युज डटकम लाई निर्बाध रुपमा समाचार सम्प्रेषण गर्ने वातावरणट बनाउन आग्रह गरेका छ्न् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी