
दमौलीः तनहुँ प्रशासनले जिल्लाभर नै निषेधाज्ञा जारी गरेको छ ।
आईतबार साँझ एक विज्ञप्ति निकाल्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस अघि गत २२ वैशाखमा जारी आदेश संसोधन गर्दै जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको उल्लेख गरेका छन् । यसअघि घिरिङ पु्रै र ऋषिङको १ बाहेकका वडामा निषेधाज्ञा जारी गरिएको थिएन ।
आदेशमा स्वास्थ्य मादण्ड पुरा गरेर खाद्यान्न, औषधी, कृषि उपज, स्वास्थ्य संस्था, भेटेरिनरी पसल, दुरसञ्चार, बैंकको एटिएम आदिका लागि निर्वाध सञ्चालनको वातावरण बनाउने उल्लेख छ ।

निर्माणस्थलमै खाने बस्ने प्रबन्ध नभए काम रोक्नुपर्ने
यस्तै, विहान ५ देखि नौ बजेसम्म कृषि उपजको ढुवानीको व्यवस्थालाई निरन्तरता दिइएको छ ।
आदेशमा उत्पादन र सार्वजनिक निर्माण कार्यमा खटिने जनशक्तिलाई निर्माण स्थलमा नै खाने बस्ने प्रबन्ध गरेर स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्न भनिएको छ । त्यसो हुन नसकेका खण्डमा निर्माणका काम बन्द गर्ने उल्लेख छ ।

आदेशमा बिरामी, कुरुवा तथा मृत्यु संस्कारमा जानेका लागि प्रशासनबाट अनुमति लिनुपर्ने उल्लेख छ ।