
पोखरा: अक्सिजन अभाव देखिन थाले पछि प्रहरीले गण्डकी प्रदेशमा एक सय ८७ थान अक्सिजन सिलिन्डर उद्योगलाई हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस भन्ने उद्देश्यका साथ जिल्ला स्थित बिभिन्न मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत अक्सिजन सिलिन्डर उपयोग हुने स्थानहरुबाट संकलन गरी अक्सिजन उद्योगलाई हस्तान्तरण गरेको जनाएको छ ।
पछी सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी हाल कोरोना संक्रमितको उपचारका लागि अक्सिजन भर्न प्रयोग गरिने गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले अन्य कम्पनी तथा व्यक्तिहरुसंग त्यस्ता अक्सिजन सिलिण्डरहरु छन भने अक्सिजन उत्पादन कम्पनिलाई उपलव्ध गराई सहयोग गरिदिन अनुरोध गरे ।