भिमाद ६ का १४ सहित २२ मा नयाँ संक्रमण

  • ख-
  • ख+

दमौली: तनहुँमा एकैसाथ कोभिड संक्रमणका २२ नयाँ घटना सार्वजनिक भएका छन् । संक्रमितमा भीमाद ६ का १४ जना छन् । त्यहाँका नौ महिला र पांच पुरुषमा संक्रमण भेटिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास एक की ६० वर्षीया महिला र व्यास ५ का २३ वर्षका पुरुषमा पनि संक्रमण भेटिएको छ ।

महिलाको भने उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गइसकेको छ। भानु र शुक्लाका एक एक जना संक्रमित पनि थपिएका छन् । तनहुँमा पछिल्ला दिनमा ठूलो स्तरमा संक्रमित थपिने क्रम जारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्