कोरोना संक्रमणबाट व्यास १ की महिलाको मृत्यु

  • ख-
  • ख+

दमौली: व्यास १ कि एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । ६० वर्षीया ती महिला ज्वरो देखिए पछि उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पुगेकी थिइन् ।

अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएकी महिलाको बिहीबार साँझ करिब ७ बजे अस्पतालमा ज्यान गएको निर्देशनालयले जनाएको छ ।

यसैगरी पर्वतका दुई र कास्कीका एक गरी चार जनाको पछिल्लो २४ घण्टामा निधन भएको निर्देशनालयले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार महिलाको हिन्दू धार्मिक परम्परा अनुसार नेपाली सेनाले कास्कीमा अन्त्येष्टि गर्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्