नयाँ दल नेकपा (एमाले)लाई किन दिइयो नेकपासँग मिल्दोजुल्दो चुनाव चिह्न ?

  • ख-
  • ख+

काठमाडौं  । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनष्टि पार्टी ९नेकपा०को चुनावी चिह्नसँग मेल खाने गरी नयाँ राजनीतिक दललाई पनि चुनाव चिह्न प्रदान गरेको छ । बुधबार नेकपा ९एमाले० नामको दल दर्ता गर्दै निर्वाचन आयोगले नेकपाको चुनाव चिह्न सूर्यसँग मिल्ने गरी ‘उदाउँदो सूर्य’ चुनाव चिह्न दिएको हो । अब नेकपाको चुनाव चिह्न सूर्य र नेकपा एमालेको उदाउँदै गरेको सूर्य भएको छ ।

सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा ९एमाले० को महासचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिह्न ‘उदाउँदो सूर्य’ रहेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए । आयोगले दिएको प्रमाणपत्रअनुसार उक्त दलको दर्ता नम्बर १६० रहेको छ । पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) रहेको छ । दर्ता भएको यो दलको केन्द्रीय कार्यालय कामनपा–१० काठमाडौंमा रहने बताइएको छ ।

नेकपा एमालेमा २१ जना पदाधिकारी रहेका छन् । पार्टीको उपाध्यक्षमा भगवती खड्का उपाध्यक्ष, सचिवमा अस्मिता सुनार सचिवलगायत पदाधिकारी रहेका छन् । एमाले दर्ताको निवेदन आयोगमा परेसँगै सत्तारुढ नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि दल दर्ता गराउन लगाएको आरोप अर्का अध्यक्ष प्रचण्डले लगाएका थिए ।

यसैगरी उपाध्यक्ष वामदेव गौतमले पनि ओलीकै निर्देशनमा पार्टी दर्ता भएको सूचना आफूसँग रहेको दाबी गरेका थिए । नेकपासँग मिल्दोजुल्दो चुनाव चिह्न दिए लगत्तै फेरि पनि यो आशंका सुरु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी