
दमौली :
आदिवासी जनजाति महासंघको भवन व्यास १ करङकाठ मा भएको स्वागत एवम् सम्मान कार्यक्रममा जनजाति महासंघका अध्यक्ष बसुन्धरा घर्ती तथा भवन निर्माण संयाेजक क्याप्टेन तारा मल्लले संयुक्त रूपमा टिका तथा खादाले नवनिर्वाचित लाई सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बाेल्दै अध्यक्ष घर्तीले सबै क्षेत्र र संघ संस्था मिलेर दमाैलीमा लाइभ म्युजियम खाेल्नुपर्ने बताइन् । दमाैलीमा लाइभ म्युजियमकाे अावस्यकता रहेको र यसलाई खाेल्न सके यस ठाउँको बिकास सँगै पर्यटनमा सहयोग पुग्ने घर्तीकाे भनाइ थियो ।
विगत केही समय अनावश्यक रूपमा जनजाति महासंघ र तनहुँ उद्योग बाणिज्य संघ बिचमा फाटाे ल्याउने प्रयास कतैबाट भएको सुन्नमा अाएकाे भन्दै त्यसलाई चिरेर दुई पक्षबीच सुमधुर सम्बन्ध राख्न अाफ्नाे कार्यसमिति तयार रहेको उनलेे बताइन् ।हामी सबै संघसंस्था सँग सुमधुर सम्बन्ध कायम राख्दै हातेमालो र सहकार्यका साथ अगाडि बढ्न चाहन्छौं घर्तीले भनिन् ।
साे अवसरमा पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पाैडेल , दमाैली खानेपानीका अध्यक्ष बिर्षराज श्रेष्ठ , तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ लगायतले अादिवासि जनजाति महासंघ ले गरेको सम्मानले अाँफुहरूलाइ थप जिम्मेवारी महशुस गराएको भन्दै अाभार ब्यक्त गरेका थिए ।
जनजातिका अध्यक्ष बसुन्धरा घर्तीकाे अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रमकाे स्वागत तिर्थ दरैले र सञ्चालन नन्दु थापाले गरेका थिए ।