तनहुँमा कोभिड संक्रमित एकै दिन १६ पुगे, सक्रिय संक्रमित ८७

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो लाग्न थालेको छ । मंगलबार एकै दिन जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको हो ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका ३ का १ पुरुष तथा १ महिला र शुक्लागण्डकी ५ का १ पुरुष,१ महिला, वडा ८ का १÷१ महिला पुरुष र भिमाद १ का १ पुरुष तथा वडा नं ८ का १ महिला र ३ पुरुष छन् ।


संक्रमितमा व्यास २ का दुई, र ३ का एक पुरुष तथा ४ की महिलासँगै शुक्लागण्डकी ६ की एक महिला पनि छन् ।
यस आधारमा तनहुँमा हालसम्म ८७ सक्रिय संक्रमित पुगेका छन् । यसले संक्रमणको दर जिल्लामा निरन्तर बढेको देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्