गण्डकीमा थप २ कोरोना संक्रमितको मृत्यु

  • ख-
  • ख+


पोखरा : गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की र पर्वतका १/१ संक्रमितको आज बिहान मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

कास्की पोखरा महानगरपालिका २९ का ४५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल र पर्वतको कुश्मा नगरपालिका ४ का ८४ वर्षीय संक्रमित पुरुषको पर्वत जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

कास्कीका संक्रमितमा १८ वैशाखमा र पर्वतका संक्रमितमा १९ वैशाखमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३५ पुगेको छ । पोखरामा कोरोनाबाट आज ३ जनाको ज्यान गइसकेको छ ।

गण्डकीमा १९ हजार ७१५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १७ हजार ९ जना निको भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्