कोभिड संकटः स्थानीय तहहरु छलफलमा जुट्दै

  • ख-
  • ख+

दमौलीः कोभिड १९ को संकटसँग जुध्नका लागि आवश्यक रणनीति तय गर्नका लागि जिल्ला समन्वय समिति तनहुँले स्थानीय तहसँग छलफल गरिरहेको छ ।

जिल्ला समन्वय समिति तनहुँको हलमा जारी छलफलमा कोभिड संक्रमणको देशव्यापी अवस्था र तनहुँको अवस्था तुलना गर्दै आवश्यक रणनीति तय गरिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।


जिल्लाका सबैजसो तहका प्रमुख तथा उप प्रमुख सहभागी बैठकमा तनहुँको तयारीको अवस्था र भावी दिनमा चालिने कदमबारे छलफल हुनेछ । छिमेकी जिल्लामा निषेधाज्ञा लागू भएका बेला स्थानीय तहसँगको छलफलका आधारमा नै तनहुँमा के गर्ने भन्ने निर्णय हुने प्रशासनले जनाएको छ ।

देशैभर कोभिड संकट गहिरिन थालेकाले बैठक आयोजना गरिएको जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी