साहारामा किशोर अध्यक्ष

  • ख-
  • ख+

दमौली: साहारा कृषि सहकारी संस्था लि.दमौलीको अध्यक्षमा किशोर गुरुङ चयन भएका छन् । शनिबार सम्पन्न चौथो अधिवेशनले गुरुङको नेतृत्वमा सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो ।


समितिको उपाध्यक्षमा बलबहादुर शाही, सचिवमा कृष्ण गिरी तथा कोषाध्यक्षमा पोष्टमान श्रेष्ठ चयन भएका छन् । यसैगरी, सञ्चालक समिति सदस्यमा भानुभक्त सोती, जमुना श्रेष्ठ तथा सन्तोष श्रेष्ठ चयन भएका छन् ।


ल्ेखा समिति संयोजकमा ऋषिराम ढुंगाना तथा सदस्यमा शेरबहादुर बोटे र जीवनकुमार श्रेष्ठ चयन भएका छन् । यसैगरी, सहकारीको ऋण उप समिति संयोजकमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन् ।


यस अघि अधिवेशनको तत्कालीन अध्यक्ष कृष्ण आचार्यले उद्घाटन गरेका थिए ।

कार्यक्रममा शेयरधनी एवं तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका निवर्तमान सभापति राकु श्रेष्ठ, निवर्तमान उपाध्यक्ष रामकाजी श्रेष्ठ, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, सचिव पवन पौडेल, ऋण संयोजक दधिराज घिमिरेलगायतले नयाँ सञ्चालक समितिलाई अझ सफलतातर्फ अघि बढ्न शुभकामना प्रदान गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी