खुकुरी प्रहार गरी फरार दुई महिनापछि पक्राउ

  • ख-
  • ख+

दमौलीः व्यास ७ पाथ्रामा घटेको एक झडपको घटनामा ज्यान मार्ने उद्योग मुद्दाका दुई अभियुक्तलाई तनहुँ प्रहरीले पक्रेको छ ।


गत फागुन २० गते भएको घटनामा स्थानीय किशोरकुमार श्रेष्ठमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्दै घटनामा संलग्नताको आरोप लागेका स्थानीय घैंटे भनिने रोशन गुरुङलाई आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनीटारबाट गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।


उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी