निजामती दिवसमा पहिलो सेवाग्राहीलाई सम्मान

  • ख-
  • ख+

दमौलीः निजामती सेवा दिवस २०७७ को अवसरमा भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली तनहुँले अस्पतालमा आएका पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ ।


सेवा दिवसका अवसरमा कार्यालय आएका ऋषिङ्ग ७ पुरानथोकका मन्तुराज श्रेष्ठलाई केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर बालकुमार श्रेष्ठले अबिर तथा फुलका गुच्छासहित निःशुल्क औषधी प्रदान गरि सम्मान गरे ।


कुकुरको उपचार तथा खोपका लागि अस्पताल आएका मन्तुराज श्रेष्ठले आफुलाई आकस्मिक रूपमा गरिएको सम्मानले आफू एकदमै हर्षित भएको बताए । ‘केन्द्रले प्रदान गरेको सेवा र सम्मानबाट खुशी छु’ श्रेष्ठले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी