लायन्स तनहुँ व्यास सिटीमा प्रदीप मल्ल

  • ख-
  • ख+

दमौलीः लायन्स क्लब अफ तनहुँ व्यास सिटीको अध्यक्षमा प्रदीप मल्ल चयन भएका छन् ।
शनिबार सम्पन्न आठौ वार्षिक साधारण सभाले वर्ष २०२१÷२२ का लागि मल्लको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।


प्रथम उपाध्यक्षमा अन्जु दाहल, द्वितिय उपाध्यक्षमा सुकनारायण मल्ल, तृतीय उपाध्यक्षमा एकप्रसाद श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, क्लबको सचिवमा शान्ता बाँस्तोला, कोषाध्यक्षमा राजु गोशलीसहितको कार्य समिति चयन गरिएको छ ।


पूर्व लायन्स लायन्स डिष्ट्रिक्ट गर्भनर अशोककुमार श्रेष्ठ प्रमुख अतिथि तथा डिपार्टमेन्ट चिफ चूडामणि दाहाल, क्लस्टर चिफ राजकुमार श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष एवं तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलगायतको उपस्थितीमा कार्यक्रम गरिएको क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी