डुम्रेका सुनचाँदी व्यवसायीले प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • ख-
  • ख+


डुम्रे : दोस्रो चरणको कोभिड १९ फैलिदै गर्दा तनहुँ सुनचाँदी व्यवसायी संघमा आवद्ध डुम्रे का सुनचाँदी व्यवसायीले ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेलाई स्वास्थ्य
सामग्री हस्तान्तरण गरेका छन्। एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

तनहुँ सुनचाँदी व्यवसायी संघका पूर्व सदस्य भीम बहादुर गौतम लगायतको टिमले प्रहरी कार्यालयमा पुगेर भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषाल लाई स्वास्थ्य सामाग्री फेस शिल्ड ३८ थान, सर्जिकल मास्क १ पोका, ५०० एम एल सेनिटाइजर २ थान हस्तान्तरण गरेको पुर्व सदस्य गौतम ले जानकारी दिए । उनले प्रहरीहरु अग्रपङ्तीमा रहेर काम गर्नुपर्ने भएकोले उनी हरु सुरक्षित भए आम नागरीकले शान्ति सुरक्षाको व्यवस्था महसुस गर्न पाउने बताए ।

तनहुँ सुनचाँदी व्यवसायी संघका पूर्व सदस्य तथा तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाईका उपसभापति हेमलाल भी के ले अन्य ठाउँमा कोबिडको स्थिति भयावह अवस्था रहेपनि यस क्षेत्रमा त्यस्तो अवस्थामा नरहेको भन्दै स्वस्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर व्यापार व्यवसाय संचालन गर्ने तर्फ लागेको बताए।

कार्यक्रममा उपस्थित सुनचाँदी व्यवसायी संघका साधारण सदस्य रोहित वि क ले आफुहरुले गरेको स्वास्थ्य सामाग्रीले ठूलो सहयोग मिल्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी