व्यासका संक्रमितः दुबईमा नेगेटिभ नेपालमा पोजेटिभ

  • ख-
  • ख+

दमौलीः सोमबार व्यास नगरपालिकामा संक्रमित भेटिएका दुई जनाको यस अघि कोरोना रिर्पोट नेगेटिभ आएको खुलेको छ । व्यास ११ को होम क्वारेन्टिनमा बसेका दुई मध्ये एक पुरुष साता अघि भारत र अर्का युएईबाट आएका थिए।


वडाध्यक्ष निरबहादुर खड्काका अनुसार उनीहरु दुवैले आ आफू बसेको ठाउँबाट नेपाल आउनुअघि पीसीआर परीक्षण गराएका थिए । ‘दुवैले पीसीआर परीक्षण गराएर नेपाल आएको बताएका छन्,’ उनले भने,‘तर घरमा आएर क्वारेन्टिन बसे पछि पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ आएछ ।’


उनले नगरपालिकाको सहकार्यमा दुवै संक्रमितलाई आइसोलेसन पठाइने बताए । व्यास नगरपालिकामा आईतबार तीन जनामा संक्रमण देखिएको थियो । व्यास १ का ३६ वर्षका पुरुषसहित व्यास ११ का २७ र ४७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्