उवासंघ पदाधिकारीलाई जिससको बधाई

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई जिल्ला समन्वय समिति तनहुँले बधाई ज्ञापन गरेको छ ।

एक कार्यक्रम गर्दै समितिले नवनिर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठसहित विभिन्न बजार एकाई सभापतिसहित जिल्ला नेतृत्व टिमलाई बधाई ज्ञापन गरेको हो ।


कार्यक्रममा समितिका अन्य पदाधिकारीहरु उपस्थित थिए । कार्यक्रममा बधाई ज्ञापन गर्दै समन्वय प्रमुख शान्तिरमण वाग्लेले नेतृत्व व्यवसायीका समस्या समाधानमा सक्रिय हुने अपेक्षा गरे ।

यसैगरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठले समितिसँग सहकार्य गर्दै व्यवसायिक विकासमा लाग्ने बताएको जिल्ला सदस्य एवं तनहुँ उद्योग वाणिज्य संघ थर्पु सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी