लायन्स क्लब अफ तनहुँ दमौलीमा राजु राना

  • ख-
  • ख+

दमौलीः लायन्स क्लब अफ तनहुँ दमौलीको वर्ष २०२१÷०२२ को अध्यक्षमा राजु राना चयन भएका छन् ।

क्लबको दमौलीमा सम्पन्न साधारण सभामार्फत नयाँ कार्य समिति चयन गरिएको हो ।
नवगठित कार्य समितिको प्रथम उपाध्यक्षमा बसन्त गिरी, द्वितिय उपाध्यक्षमा ओमराज श्रेष्ठ तथा तृतीय उपाध्यक्षमा महेन्द्र रिजाल चयन भएका छन् ।


बाँकी पदाधिकारी चाँडै चयन गरिने क्लबका कमल गिरीले जानकारी दिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सरोज भण्डारी तथा संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी