
दमौलीः आफ्ना पूर्व अध्यक्ष एवं तनहुँ उद्योग वािणज्य संघको १६ औं महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ नेतृत्वको कार्य समितिलाई जेसिआई व्यास नगरले सम्मान गरेको छ ।
आफ्नो सचिवालय व्यास ४ सिमलटारमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले संघका अध्यक्ष श्रेष्ठ, प्रथम उपाध्यक्ष ईमकुमार मल्ल, द्वितिय उपाध्यक्ष कुमार मल्ल, एसोसिएट सदस्य कृष्ण सुनार, दमौली बजार एकाई सभापति भुपाल आले तथा महिला उद्यमी सभापति शकुन्तला आलेसहितका पदाधिकारीलाई सम्मान गरे ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष जिल्ला प्रतिनिधि एकप्रसाद श्रेष्ठ, कार्यकारी उपाध्यक्ष दमौली बजार एकाई उपसभापति राजेश मल्ल, आफ्ना पदाधिकारी एवं बजार एकाई सदस्यहरु युवराज भण्डारी, सुनिल श्रेष्ठ तथा कमल गिरीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफू जेसिजको उत्पादन भन्दै नेतृत्व क्षमता विकासमा जेसिजले महत्वपूर्ण भूमिका खेलेको बताए । टेबुलमा सीमित संस्थालाई आफ्नै कार्यकालमा सचिवालय राखेर व्यवस्थित गरेको श्रेष्ठले स्मरण गरे । उनले नेतृत्व क्षमता विकासका काममा सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
क्लबका अध्यक्ष लक्ष्मीभक्त खनालले जेसिजका व्यक्ति तथा अन्य क्षेत्रबाट समेत सक्षम नेतृत्व आएको भन्दै संघका नेतृत्वलाई बधाई दिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष माधव न्यौपाने, महासचिव अजर नागिलालगायतले नवनिर्वाचितलाई शुभकामना दिएका थिए ।