तनहुँमा ५३ सक्रिय संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा सक्रिय कोभिड संक्रमितको संख्या ५३ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा हालसम्म एक हजार पाँच सय ५९ जनामा संक्रमण भेटिएकामा हालसम्म एक हजार चार सय ८० निको भैसकेका छन् ।

बिहिबार भने थप छ नयाँ कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमा शुक्लागण्डकी र भिमाद नगरपालिकाका नागरिक छन् ।

संक्रमितमा शुक्लागण्डकी नगरपालिका–३की २७ तथा ४ की २२ वर्षीया महिला, शुक्लागण्डकी–५ की ६८ वर्षकी महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितमा भिमाद–१का ४१ र ६का ३५ वर्षीय पुरुषमा पनि छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्