संगम मार्गमा लागेको आगो नियन्त्रणमा

  • ख-
  • ख+

दमौली : व्यास ४ संगम मार्गको एक घरमा लागेको आगलागी प्रहरी र स्थानीयको सहायतामा व्यास नगरपालिकाको दमकलले निभाएको छ ।

स्थानीय देवी भुषालको घरमा दिउँसो साढे ३ बजेतिर लागेको आगो केहीबेरमा गएको दमकलको सहायतामा निभाइएको थियो ।


घटनास्थलमा रहेका स्थानीय र प्रहरीले आगो निभाउन सघाएका थिए । एक कोठाबाट विद्युत सर्ट भए पछि आगो देखिएको थियो । निकै ठूलो नभएको र समयमै दमकल पुगेका कारण बढी क्षति हुन नपाएको प्रहरीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी