एकै दिन दुई कोरोना रिपोर्टः सरकारीमा निगेटिभ, निजीमा पोजिटिभ

  • ख-
  • ख+

पोखरा: एकै दिन एकै जनाको दुई रिपोर्ट । एउटामा पोजिटिभ, अर्कोमा नेगेटिभ
आश्चर्य नमान्नुस् । देशमा कोरोना जोखिम बढिरहेका बेला पोखराका दुई फरक प्रयोगशालामा बिल्कुलै फरक रिर्पोट आए पछि कुन सहि र कुन गलत भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।


गण्डकी प्रदेश सभामा सरकारविरुद्धको अविश्वासको प्रस्ताव चलिरहँदा निर्णायक ठानिएको जनमोर्चाका सांसद खिमविक्रम शाहीको कोरोना रिपोर्टको नतिजा हो, यो ।


जनस्वास्थ्य प्रयोगशालाले मंगलबार लिएको नमूनाको बुधबार आएको नतिजामा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर संसद बैठकमा अनुपस्थित शाहीको लाइफ केयर डाइग्नोस्टिक पोखरामा गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण रहेको रिपोर्ट आएको छ ।


सोही कारण उनलाई पोखराको चरक अस्पतालको आईसीयु कक्षमा भर्ना गरेर उपचार भैरहेको उनको निजी सचिवालयले जनाएको छ । तर सरकार परिवर्तनमा भूमिका खेल्ने गरी सरकारी प्रयोगशाला र निजीको नतिजा बिल्कुल फरक नतिजा आए पछि यसले आश्चर्य, रहस्य र शंका गर्ने प्रशस्त ठाउँ दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी