पार्किङ गरिराखेको मोटरसाईकल घाँसीकुवाबाट चोरी

  • ख-
  • ख+

दमौली: साेमबार राति करिव ३ बजेको समयमा व्यास सर्भिस एन्ड प्लेजर रेस्टुरेन्ट घाँसिकुवा बाहिर पार्किङ मा राखेको माेटरसाइकल चाेरि भएको छ । दमाैलीमा बस्ने सन्तोष सिग्देलकाे ग१९ प ३०९९ नम्बरको अपाच्चि माेटरसाइकल चोरी भएकाे हाे ।

‘टिम नेपाेका सकृय सदस्य रहेका सिग्देल साथीहरू सँग हाेटलमा गएका थिए । माेटरसाइकल हाेटल अगाडि पार्किङ गरेर हामी भित्र बसेका थियौं , तर निस्कँदा माेटरसाइकल थिएन,’ सिग्देलले भने ।

‘हाेटलकाे सिसि क्यामरा फुटेज हेर्दा दुई जना युवाहरूले माेटरसाइकल चाेरेकाे देखिन्छ र यहि अाधारमा प्रहरीकोमा जाहेरी दिएको छु,’ सिग्देलले भने । तनहुँका विभिन्न ठाउँमा यस अघि पनि विभिन्न समयमा माेटरसाइकल चाेरि हुँदै अाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी