
दमौलीः तनहुँ उद्योग वाणिज्य संघको महासचिवमा सुबोध अधिकारी मनोनित भएका छन् । पदस्थापनलगत्तै बसेको कार्य समितिको बैठकले उनलाई महासचिवमा मनोनित गरेको हो ।
अधिकारी यस अघि संघका द्वितिय उपाध्यक्ष थिए ।
सबै क्षेत्रलाई समेट्ने प्रतिवद्धता जनाएका अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठले डुम्रे बजार एकाईका तर्फबाट अधिकारीलाई मनोनित गर्ने प्रस्ताव बैठकमा गरेका थिए ।
बैठकले आमन्त्रित सदस्यमा अध्यक्षका प्रत्यासी बैकुण्ठनाथ मिश्रलाई मनोनित गर्ने समेत निर्णय गरेको जिल्ला सदस्य एकप्रसाद श्रेष्ठले जानकारी दिए ।
सचिव, सह सचिव, सह कोषाध्यक्ष तथा अन्य सदस्यका हकमा भने विधान संसोधनको प्रक्रिया प्रशासनबाट पुरा भएको केही समयपछि मनोनित गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।