भोट हाल्ने बेला कता हराए जनमोर्चाका खिमविक्रम ?

  • ख-
  • ख+

पोखराः सरकार विरुद्धको अविस्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको जनमोर्चाका निर्णायक सांसद खिमविक्रम शाही अनुपस्थित देखिए पछि प्रदेश सरकार जोखिने वा ढल्ने विषय रहस्यमय बन्न पुगेको छ ।


पोखरामा जारी प्रदेश सभाको विशेष अधिवेशनमा बुधबार प्रस्तावमा मतदानको तालिका छ । अब साढे ४ बजेबाट विपक्षीले दर्ता गराएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारविरुद्धको प्रस्तावमा अन्तिम समयमा पनि उनी नआएमा प्रस्ताव फेल हुने सम्भावना बढेर गएको छ ।


उनको फोन अफ रहेको छ । कोही पनि सांसदसँग उनको सम्पर्क नभएकाले उनी मतदानमा आउनेमा शंका छ । स्वतन्त्र सभासद दीपक मनाङे पनि अनुपस्थित भएका बेला शाही अनुपस्थित हुनुले ठूलो अर्थ राख्छ । विपक्षी गठबन्धनमा ३१ सांसदमध्ये शाही नहुँदा संख्या घटेर ३० सांसद पुग्नेछ ।

अविश्वास प्रस्ताव पास गराउन ३१ सांसद आवश्यक पर्नेमा एमालेका माधव नेपाल पक्ष इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेमा सरकार ढल्नेछ । अन्यथा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको यस अघिको बलियो प्रदेश सरकारले निरन्तरता पाउनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी