तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठको योजनाः व्यवसाय प्रवद्र्धनदेखि औद्योगिक ग्रामसम्म

  • ख-
  • ख+

दमौलीःतनहुँ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठले आफ्नो कार्यकालका प्राथमिकतासहितको योजना सार्वजनिक गरेका छन् ।

१६ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए पश्चात बुधबार पदभार ग्रहण गर्दै उनले आफ्नो योजना सार्वजनिक गरेका हुन् । अध्यक्ष श्रेष्ठले २०८० सालसम्मका लागि तयार पारेको योजनामा व्यवसायीका समस्या समाधान र व्यवसाय प्रवद्र्धनदेखि औद्योगिक ग्राम स्थापनाका लागि पहल गर्नेसम्म उल्लेख छ ।


श्रेष्ठले व्यवसायीको क्षमता विकास, करसहितका सरोकारवाला कार्यालयसँग अन्र्तक्रिया र नियमित तालिमका योजना पनि सार्वजिनक गरेका छन् । उनले आफ्नो योजनामा संघको बहुद्देश्यीय भवन तथा औद्योगिक ग्राम निर्माणका लागि जिल्ला प्रदेश र संघ सरकारसमक्ष पहल गर्ने घोषणा गरेका छन् ।


आफ्नो योजनामा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कृषि र पर्यटनका सम्भावनाको प्रचारसँगै मेला महोत्सव समेत गर्ने उल्लेख गरेका छन् । उनले हरेक छ महिनामा कार्यसमिति, सल्लाहकार तथा उपसमितिको संयुक्त बैठक डाक्ने तथा तनहुँ जलविद्युत योजनासँग सम्भावित सहकार्यका योजना पनि अघि सारेका छन् ।


पदस्थापना कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, महासंघ गण्डकी सदस्य मंगलप्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ, अध्यक्ष प्रत्यासी बैकुण्ठनाथ मिश्र, थर्पु सभापति भीमलाल श्रेष्ठलगायतले नवनिर्वाचित पदाधिकारीलाई सफलताको शुभकामना दिए ।


संघका नवनिर्वाचित प्रथम उपाध्यक्ष ईमकुमार मल्लले संघ सबै पक्षलाई समेटेर अघि बढ्ने विश्वास दिलाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी