
पवन पौडेल
तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठको नेतृत्वले बुधबारबाट औपचारिक पदभार सम्हाल्दैछ । अध्यक्ष पदमा मात्र मतदान भएको यो ऐतिहासिक निर्वाचनबाट नेतृत्वमा आएसँगै संघको विधान समेत परिवर्तन भएकाले यसपाली केही नयाँ पदहरु समेत थपिएका छन् ।
विगतमा महासचिवसहित सदस्य मनोनित गर्ने प्रावधान रहेकामा यसपाली विधान संसोधनमार्फत महासचिवसँगै सचिव, सह सचिव र सह कोषाध्यक्ष पद समेत मनोनित गर्ने बाटो खुलेको छ । यस आधारमा विगतको चुनावमा छुटेका वा सर्वसम्मत गर्न सघाएका व्यक्तिहरुलाई संघको मुलधारमा ल्याउनका लागि बाटो पनि भेटिएको छ । विगतमा त्यस्ता पद निकै कम हुने कारण समेट्न समस्या भए पनि यसपाली नेतृत्वका सामु केही सहज अवस्था छ ।
दमौली न्युजसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले आफूले यस विषयमा परामर्श गरिरहेको भन्दै उचित निर्णय लिने बताए । बुधबार हुने पदस्थापनपछि बस्ने पहिलो पदाधिकारी बैठकमार्फत सम्भवतः संघले पूर्णता पाउनेछ ।
तर मुख्य पद महासचिवसँगैका महत्वपूर्ण पदमा मनोनयनका लागि विभिन्न क्षेत्रबाट दबाब समेत आईरहेका अवस्थामा अध्यक्ष श्रेष्ठलाई दबाब झेल्दै भावी दिनमा आफ्नो नेतृत्व सहजतापूर्वक अघि बढाउन सहज हुने व्यक्ति छनौटको चुनौती पनि आएको छ ।
कांग्रेस र एमाले समेत नेतृत्वको समर्थन पाएका कारण श्रेष्ठसामु ती सबै व्यवस्थापन गरेर पदमा मनोयन गर्ने चुनौती छ ।

महासचिव पदका लागि राजकुमार श्रेष्ठ ‘राकु’, सुबोध अधिकारी वा सुनिल श्रेष्ठ तथा सुरेश पुरीको नाम चर्चामा रहेको छ । तर श्रेष्ठले भने अध्यक्षको सहजताका लागि आफूले सघाउने वचन दिएकाले बाँकी नाम मध्येबाट छनोट हुने सम्भावना छ । दमौलीबाहिरबाट महासचिव हुँदा संगठन सञ्चालनमा हुने कठिनाई तथा महत्वपूर्ण पद नपाएका कारण डुम्रे बजार एकाईलाई समेट्ने चुनौतीबीच अध्यक्ष श्रेष्ठले चाल्ने बाटोले नै भावी मार्ग देखाउनेछ ।
महासचिव पदका लागि राजकुमार श्रेष्ठ ‘राकु’, सुबोध अधिकारी वा सुनिल श्रेष्ठ तथा सुरेश पुरीको नाम चर्चामा रहेको छ । तर श्रेष्ठले भने अध्यक्षको सहजताका लागि आफूले सघाउने वचन दिएकाले बाँकी नाम मध्येबाट छनोट हुने सम्भावना छ ।
प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएर सहमतिका लागि कांग्रेस नेतृत्वको अनुरोध स्वीकार गरेका पुरी पनि उपयुक्त विकल्प हुने कतिपयको ठम्याई छ । त्यसो भएमा डुम्रे बजार एकाईका अरु सदस्यलाई बाँकी महत्वपूर्ण पदमा व्यवस्थापन गर्न सकिनेछ ।

यसैगरी श्रेष्ठलाई निर्वाचित हुन सघाएको बन्दीपुर बजार एकाईका पूर्व अध्यक्ष बैस गुरुङ तथा थर्पु बजार एकाईका सभापति भीमलाल श्रेष्ठले समेत जिल्लामा महत्वपूर्ण भूमिकाको अपेक्षा गरेका छन् ।
तर अध्यक्ष श्रेष्ठले सबै बजार एकाईलाई समेटेर अघि बढ्ने बताएकाले महासचिवसहित बाँकी पदमा कसरी कस्तो मनोनयन हुन्छ हेर्न बाँकी छ । दमौली न्युजसँगको कुराकानीमा उनले आफूले यस विषयमा परामर्श गरिरहेको भन्दै उचित निर्णय लिने बताए । बुधबार हुने पदस्थापनपछि बस्ने पहिलो पदाधिकारी बैठकमार्फत सम्भवतः संघले पूर्णता पाउनेछ ।