निर्वाचित पत्रकारलाई व्यासको सम्मान

  • ख-
  • ख+

दमौली: नेपाल पत्रकार महासंघ तनहुँकाे नवनिर्वाचित कार्यसमितिलाई ब्यास नगर पालिकाले सम्मान गरेको छ । मंगलबार व्यास नगरपालिकाकाे हलमा अायाेजित कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्याैपानेले टीका तथा खादा द्वारा सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बाेल्दै मेयर न्याैपानेले तथ्यपरक समाचार अाउनुपर्नेमा जाेड दिए । व्यास नगरपालिकाले पत्रकार सँग हातेमालो गर्दै सहयोगी भावनाले अगाडि बढ्न चाहेको न्याैपानेले बताए । नगरपालिकाले गरेका बिकासका कामहरू सत्यतथ्यमा रहेर कलम चलाउँदै उजागर गर्नेलाइ नगरपालिकाले पुरस्कृत गर्ने उनलेे बताए ।

समाजलाई सहि ट्र्याकमा लान पत्रकारको हात रहने हुँदा जिम्मेवार भएर लाग्न उनलेे पत्रकारलाई सुझाए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पाैडेल लगायतले सुभकामना मन्तब्य राखेका थिए । लेखा अधिकृत मेघनाथ अाचार्यले सञ्चालन गरेको उक्त कार्यक्रमकाे स्वागत उपमेयर मिरा जाेशिले गरेकि थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी