काठमाडौंमा अत्यावश्यकबाहेक हिंडडुलमा रोक

  • ख-
  • ख+

काठमाडौं : काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू भएको छ ।
काठमाडौंसहित भक्तपुर र ललितपुरको प्रशासनले आगामी बिहिबार वैशाख १६ बाट वैशाख २२ गतेसम्म अत्यावश्यकबाहेक हिंडडुल रोक्ने सूचना जारी गरेका छ्न् ।


कोरोना संक्रमणको जोखिम बढेको भन्दै जारी गरिएको आदेशमा विहान ६ देखि राती १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको उल्लेख छ ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । तीनमध्ये एक प्रजिअका अनुसार कोरोना प्रसार रोक्न बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने सहमति भएको हो ।
निषेधाज्ञाका बेला होटेलहरू बन्द रहने भए पनि घर–घरमा खाना डेलिभरी गर्ने ‘टेक अवे’ सेवा सञ्चालनमै रहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी