पत्रकार महासंघ लाई जिल्ला समन्वयको सम्मान

  • ख-
  • ख+

दमौली: नेपाल पत्रकार महासंघ तनहुँका नवनिर्वाचित कार्यसमितिलाई जिल्ला समन्वय समिति तनहुँले सम्मान गरेको छ । साेमबार जिल्ला समन्वयको सभाहल दमाैलीमा अायाेजित एक कार्यक्रममा जिल्ला समन्वयका प्रमुख शान्तिरमण वाग्लेकाे प्रमुख अातिथ्यतामा खादा तथा टीका लगाइ सम्मान गरेको हाे । सम्मान कार्यक्रममा बोल्दै समन्वय प्रमुख शान्तिरमण वाग्लेले विकृति र विसंगतिका विरुद्ध पत्रकारको कलम चल्नुपर्ने बताए ।

‘अावाज बिहिन हरूकाे अावाज बन्न सकाेस पत्रकारको कलम’, वाग्लेले भने । भस्टाचार , ढिलासुस्ती लगायतका क्षेत्रमा पत्रकारको ध्यान पुग्न सकेमा समाज परिवर्तन सम्भव भएको वाग्लेकाे भनाइ थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष उज्ज्वल पाैडेलले नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेकोमा समन्वय प्रति अाभार प्रकट गरे । पत्रकार महासंघलाइ एकैठाउँमा राखि सम्मान गरेर भावनात्मक र अात्मियताकाे सम्बन्ध बढाउन मद्दत गरेको भन्दै समन्वय लाई धन्यवाद छ पाैडेलले भने ।

समन्वयको सहयोगमा नैँ महासंघको भवन बनाउन सम्भव भएको पाैडेलकाे भनाइ थियो । कार्यक्रममा प्रदिप काफ्ले , रामचन्द्र ढकाल , अस्मिता खनाल , अाेमकार अाचार्य लगायतले सुभकामना ब्यक्त गरेका थिए । जिल्ला समन्वयका प्रवक्ता केशरबहादुर सुनारले स्वागत गरेको उक्त कार्यक्रमकाे सञ्चालन गल गुरूङले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी