विकलको नेतृत्वमा आदिकविको एबिआईटी क्लब पुनगर्ठन

  • ख-
  • ख+

दमौलीःआदिकवि भानुभक्त क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक तहमा सेमेस्टर प्रणालीमा सूचना तथा सञ्चार प्रविधि विषयमा अध्ययनरत रहेका विद्यार्थीहरूको साझा संस्था एविआइटि क्लबको चौथो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले दमौली न्युज डट कमकर्मी चौथो सेमेस्टरमा अध्यनरत विद्यार्थी विकल श्रेष्ठको अध्यक्षतामा १५ सदस्सीय क्लबको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा विशाल रुचाल, सचिवमा विजय आले मगर, कोषाध्यक्षमा सुजाता भण्डारी, सहसचिवमा अस्मिता पौडेल, प्रवक्तामा आशिक श्रेष्ठ र सदस्यहरुमा – सुजन पन्थ, पुजा बसौला, युजीन थापा, कुमार थापा, गौतम कुमाल, निता आले, रोशन सुनार र नेहा शाही रहेका छन् ।

क्लबका अध्यक्ष सुजन गिरीको सभापतित्वमा भएको अधिवेशनको कम्प्युटर एसोसिएसन नेपाल तनहुँ शाखाका अध्यक्ष टिकाराम पनेरुले उद्घाटन गरे । पनेरुले कम्प्युटर एसोसिएसन नेपाल र एविआइटि क्लबबीच विगतमा जस्तै सूचना प्रविधिको क्षेत्रमा कार्य सहित अगाडि बढ्ने प्रतिबद्धता जनाए ।


क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सुचना र प्रविधिको क्षेत्रमा क्लवका विद्यार्थीहरुले क्याम्पस भित्र र समुदायमा धेरै कार्यहरु गर्दै आएकोमा धन्यवाद दिँदै आगामी दिनमा व्यास नगरपालिका र अन्य शैक्षिक संघ सस्थाहरुसंगको सहकार्यमा यस क्षेत्रमा शैक्षिक कृयाकलापमा सूचना प्रविधिको प्रयोगलाई थप सुदृढ पार्न सहयोगी भूमिका खेल्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय डाक्टर रामकुमार अधिकारी र सागर पौडेल, विज्ञान तथा प्रविधि विभाग प्रमुख राजन घिमिरे, सूचना तथा सञ्चार प्रविधि विषय समितिका संयोजक सुलभकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे ।

अधिवेशनमा क्लबका सचिव सम्झना रसाईलीले क्लवका गतिविधिहरु समेटिएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरला भण्डारीले क्लवको आर्थिक प्रतिवेदन पेश गरिन् । अधिवेशनको उद्घाटन सत्रमा क्लवका संस्थापक अध्यक्ष फलबहादुर थापालाई सम्मान गरिएको थियो ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन प्रवन्ध समितिका संयोजक भट्टराई र सदस्य सरला भण्डारी र रीना श्रेष्ठले टिका र खादा लगाई बधाई ज्ञापन गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी