पौडी खेल्दा बेपत्ता युवकको शव मादीमा भेटियो

  • ख-
  • ख+

दमौलीः पौडी खेल्ने क्रममा बेपत्ता व्यास ५ मोचाबारीका एक युवक मृत भेटिएका छन् ।

स्याङ्जा घर भई हाल मोचाबारी बस्दै आएका १८ वर्षका रमेश विकको शव मादी
किनारमा भेटिएको हो । ग १ त ६१७० नम्बरको ट्याक्टरका श्रमिक उनी ढुङ्गा लोड गर्ने क्रममा आईतबार बेपत्ता भएका थिए ।

सोमबार विहान व्यास नगरपालिका–५ चापाघाट बोरिङ स्थित मादी किनारमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी